बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले “मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ” अभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो ।