FAQs Complain Problems

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा असक्त अपांग, दलित जेष्ठ, बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धी

सेवा प्रकार:

लाग्ने समय: 
जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षा समितिको बैठकबाट पास हुनुपर्ने ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
अपाङ्ग परिचय पत्रको लागि गाउँपालिकाको महिला तथा वालवालिका शाखाबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

जन प्रतिनिधि